गोकर्णेश्वरमा कुशे औसी (फोटोफिचर)

0 Shares
काठमाडाैं

आज भाद्रकृष्ण औंसी । बुबाको मुख हेर्ने दिन । घरघरमा पवित्र कुश भित्र्याएर कुसेऔंसी पर्व मनाइँदैछ ।

आज बुबा हुने छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् ।

उपत्यका वरपरका पिता देहान्त भइसकेका हिन्दुहरुले काठमाडौं गोकर्णेश्वर मन्दिरमा उपस्थित भई पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी पितृलाई सम्झेका छन् ।

यसैगरी विभिन्न शक्तिपीठ, देवालयहरु जस्तैः रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी अध्यात्मिक चिन्तनबाट समेत पितृहरुलाई सम्झना गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दु धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले यस औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

तपाईको प्रतिक्रिया