तामाङ भाषामा शिक्षा एवं सुचनामूलक रेडियो कार्यक्रम उत्पादन सम्बन्धि तालिम सम्पन्न भएको छ ।सगुन सहकारी संस्था लिमिटेडको सभा हल हरिवनमा मंगलबार सम्पन्न भएको हो ।
५ दिने प्रशिक्षणमा सर्लाही र रौतहटका २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका थिए ।
तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नपर्छ । हरिवन–४ का वडाध्यक्ष धनबहादुर वाइबा भने, तामाङ भाषामा रेडियो कार्यक्रमहरु उत्पादन गर्नमा रेडियोकर्मीहरुलाई यस्ता तालिम क्षमताबृद्धि हुनेछ ।
त्यसैगरि हरिवन ८ नं. का वडाध्यक्ष यज्ञविनोद ढुङ्गेल, १ नं. का वडाध्यक्ष रामबहादुर क्याप्छाकी, नेकपा नेता सुरेन्द्र लामा, आदिवासी जनजाति समन्वय परिषद हरिवनका अध्यक्ष बुद्विमान घलान लगायतले सीपले आत्मनिर्भर बनाउने बताएका थिए ।
प्रशिक्षार्थीहरुले यस अवधिमा क्षमता अभिबृद्धि गर्नमा यस्ता तालिमहरुले सघाएको बताए । उनीहरुले तालिममा सिकेका ज्ञान, सीप र अवधारणालाई कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता गरे ।
रेडियो नेपालका अमरध्वज लामा र नेपाल तामाङ घेदुङ भाषा लिपि साहित्य एवं प्रशिक्षण विभागका प्रमुख काजीमान थिङ लगायतले प्रशिक्षण दिएका थिए ।