मोहम्मद डेको अवसरमा मंगलबार प्रदेश २ मा सार्वजनिक विदा

सैलुङअनलाइन
सैलुङअनलाइन सैलुङअनलाइन
42 Shares
जनकपुर, धनुषा

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

इस्लामिक महिना रविउलऔएलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए ।

नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो । प्रदेश २ सरकारले संघीय सरकारको सार्वजनिक बिदाबहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसरहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया