एजेन्ट बनिन् कङ्गना

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

पछिल्लो रिलिज फिल्म ‘थालाइवी’ फ्लप भएपछि बलिउड अभिनेत्री कङ्गना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन् । तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन् ।

पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कङ्गनाले ुधाकडुमार्फत दर्शकलाई एक्सन देखाउनेछन् । उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ ।

उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ । पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कङ्गनाले एजेन्टको भूमिका निभाएकी छन् । यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ ।

मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कङ्गनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका