जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
अछाम

मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से १ ज ९८६ नंम्बरको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भिरमा खसेको हो ।

मृत्यु हुनेमा मेल्लेक– ७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया