जापानमा अध्यनरत नेपाली बिधार्थीहरूको साझा संस्था नेपाली बिधाथी समाज जापान (नेसाज ) ले गत मंगलबार जापानको कानागावा केनमा निधन भएको रामहरि घिमिरेको शव नेपाल लैजानका लागि आर्थिक सहयोग गरेको छ ।
बर्दिया मुगरागडीका २९ वर्षीय रामहरि घिमीरे अध्ययनका लागि २०१४ मा बिधार्थी भिसामा जापान आइपुगेका थिए । गत मंगलबार राति एक्कासी पेट दुखेर कानागावा स्थित चुरिन्काई अस्पतालमा भर्ना भएका घिमिरेको उपचारमा क्रममै अस्पतालमा निधन भएको थियो । घर परिवारले घिमिरेको पार्थिब शरीरलाई नेपाल पठाउनका लागि बिशेष आग्रह गरेको छ ,साथै घर परिवारको आर्थिक अवस्था कम्जो भएको कारणले जापानमा भएका विभिन्न संघ ,सस्थाहरुलाई सहयोगका लागि समेत अपिल गरेको छ । घिमीरेको शव नेपाल लैजानका लागि अहिले जापानमा विभिन्न संघ,सस्था हरुले समेत अभियान चलाईरहेका छन् ।
जापानमा नेपाली बिधार्थीहरूलाई आइपर्ने समस्या समाधानका लागी समन्वयकारी भूमिका निर्वाह गर्नको लागि गठन गरेको नेपाली बिधार्थीहरूको साझा संस्था नेपाली बिधाथी समाज जापान (नेसाज ) ले मृतक घिमीरेको पार्थिब शरीर नेपाल लैजानका लागि १ लाख संकलन गरि सहयोग गरेको बिधाथी समाजक महासचिब कृष्ण प्रसाद भुषालले जानकारी दिए । साथै मृतक घिमीरेको पार्थिब शरीर नेपाल लैजानका लागि यो रकम अपुग रहेकोले थप सहयोग गर्नका लागि जापानबासि सम्पूर्ण नेपालिहरुलाई समाजका संयोजक चेतन पौडेलले अनुरोध समेत गरे ।