बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीको छापा

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठ जना साथीसहित पक्राउ परे । उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् ।

 

आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ । आर्यनलाई पक्राउ गरेर कारवाही गरिरहेको एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ ।

बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टिमले बिहीबार मध्यान्ह छापा मारेको हो । उनलाई बयानका लागि समेत बोलाइएको छ । तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिङ्क रहे नरहेको बारे बताइएको छैन । अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका