सिन्धुली र काभ्रेको संयुक्त फुटबल प्रतियोगिता सम्पन्न

सैलुङअनलाइन संवाददाता
काभ्रेपलान्चोक

सिन्धुली र काभ्रेको संयुक्त आयोजना रहेको खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दुवै जिल्लाको समिनास्थित घ्याङ डाँडा फुटबल चौरमा भएको प्रतियोगिता कार्तिक ४ गते सम्पन्न भएको हो ।

सिन्धुलीको घ्याङलेख-४,का योला होईस्हेर तामाङ समाज र काभ्रे रोशी-१२,का महाकाली युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा कुल १२ टिमले भाग लिएको आयोजकले जानकारी दिए । आयोजक अनुसार पहिलोपटक दुवै क्लबले आयोजना गरेको प्रहिलो प्रतियोगिता हुन् ।

खुल्ला फुटबल प्रतियोगिता आयोजक मध्येका योलाहोईस्हेर तामाङ समाज (ए) विजेता बनेको छ । समाजले रोशी बाह्र क्लबलाई शन्यूकाविरुद्ध ३ गोल गर्दै विजेता बनेको हो । त्यस्तै तेस्रो स्थान भने बाह्रबिस युवा क्लबले भएका थिए ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका टोलीलाई योला होईस्हेर तामाङ समाजका अध्यक्ष रुपेश मोक्तानले पुरस्कर वितरण गरेको थियो । क्रमशः प्रथम भएका टोलीले २० हजार रुपैयाँ, द्वितीय टोली १२ हजार रुपैयाँ र तृतीय भएका टोलीले ८ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका