जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एव म डिएसपी मानवहादुर राईले भीमेश्वर नगरपालिका–४का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् ।
दुई साताअघि चरीकोटमा मृत भेटिएका रुपक बस्नेतको हत्याको अनुसन्धानमा ढिलाई भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारवाहीको चेतावनी दिएको जनाइएको छ ।
बिहीबार साँझ चरीकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएको बताए ।
‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र । तँजस्ता गद्दारहरुले नै सबै काम बिगारेका हुन् भन्दै तथानाम गाली गर्दै दुर्व्यवहार गरे,’ उनले भने ।
यता डिएसपी राईले पनि आफूले दुर्व्यवहार नगरेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1