समाचारपत्रपत्रिकाबाट रोकिएन गाई तस्करी, गाईगोरुको बिजोग

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

सीमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करीले निरन्तरता पाएपछि नेपालमा गाईगोरुको अभाव हुँदै गएको छ। गाईको दूध खान–बेच्न वा गोरुलाई जोत्ने गाडा चलाउने कामका लागि नभई मासुका लागि चौपाया भारत र बंगलादेशतर्फ अवैध निकासी हुन थालेको भन्सार कार्यालयका कर्मचारी बताउँछन्।

सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने र भारतीय व्यापारीले खरिद गर्दासमेत कतैबाट उजुरी नआएको प्रहरीको भनाइ छ। रोकथाम गर्ने निकायलाई थामथुम गरेर दैनिक अवैध निकासी हुने गरेको राजविराजका अरुण तिवारीले बताए।

खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठुलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको गौ संरक्षण अभियानकर्ताको आरोप छ।

गाई दुहुनो भएसम्म पाल्ने। गोरु हलो तानेसम्म मात्र स्याहार्ने। नत्र सडकमा अलपत्र छाड्ने। यस्तो प्रवृत्ति बढेको विश्व हिन्दू एकता परिषद् कैलालीका अध्यक्ष लक्षीराम रिमालको ठम्याइ छ।

‘गाईले दूध दिन छाडेपछि सडकमा ल्याएर छाड्छन्’, उनले भने, ‘सडकमा छाडिएका गाईले अरूको खेती खान्छन्। खेतीवालाले गाई लखेट्छन्। धारिलो हतियारले प्रहार गर्छन्। गाईको अवस्था दयनीय छ।’ अाजको अन्नपुर्णपोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया