फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो, शीर्ष स्थानमा बेल्जियम

सैलुङअनलाइन संवाददाता
काठमाडौं

पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ ।

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औं स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औं रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौं पटक साफ च्याम्पियन भारत १०३औं स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औं स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६औं सहित चौथो स्थानमा छ ।

यस्तै, १८७औं स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौं स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७औं स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४औं स्थानमा छ । फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ ।

यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् । यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौं स्थानमा रहँदा स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका