भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बङ्गुर फार्म हटाउन निर्देशन दिएको छ ।
बङ्गुर फार्मले नगरभित्र फोहोररप्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो ।
चाँगुनारायण नगरपालिकाले नगर सभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बङ्गुर फार्म हटाउन भनेको छ ।
स्थानीय बासिन्दाले बङ्गुर फार्मबाट फोहोररप्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाका प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले जानकारी दिइन् । उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन् ।
३० दिनभित्र बङ्गुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।