मैत्रीपूर्ण खेलमा नेपाल इण्डोसियासँग पराजित

सैलुङअनलाइन एजेन्सी
ताजकिस्तान

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू-२३ टोली इण्डोनेसियाको यू-२३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपालले इन्डोनेसियाविरुद्ध सुरुवातमा गोलरक्षक-अर्पण कार्की (कप्तान), डिफेण्डर-सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, मिडफिल्डर-रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी र स्ट्राइकर- अभिषेक रिजाललाई मैदानमा उतारेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका