इन्द्रावतीकी उपाध्यक्ष लामाको निधन

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ। महाराजगन्जस्थित टिचिङ अस्पताल उपचाररत ५१ वर्षीया उपाध्यक्ष लामाको शनिबार निधन भएकी हुन् । उनी गत असोज १९ गतेदेखि स्वास्थ्यमा समस्या देखापरेपछि टिचिङ अस्पतालमा थिए भने उनलाई ब्लड क्यान्सर रोग देखा परेको अस्पतालले जनाएको थियो ।

सिन्धुपाल्चोक काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका उनी सिन्धु काँग्रेसका सभापति विकास लामाकी पत्नी हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेका सरस्वती अधिकारीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनका ३ छोरी छन् ।

नेपाली काँग्रेस जिल्ला सिन्धुपाल्चोकद्वारा शोक व्यक्त

लामाको निधन भएको खबरले नेपाली काँग्रेस सिन्धुपाल्चोकलाई स्तब्ध बनाएको छ।

स्वर्गीय लामाको निधनले नेपाली काँग्रेस सिन्धुपाल्चोकलाई अपूरणीय क्षति पुगेको छ । यस दुखद घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापति विकाश लामा लगायत शोक सन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस सिन्धुपाल्चोक गहिरो समावेदन प्रकट गर्दछ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका