चेल्सीसँग ७-०गोल अन्तरले नर्विच सिटी पराजित, माउन्टको ह्याट्रिक

सैलुङअनलाइन संवाददाता
बेलायत

मासन माउन्टले ह्याट्रिक पूरा गरेको खेलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।

शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक/एक गोल गरे ।

नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे । जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका