साउदीमा दिदीबहिनीले मनाए तीज

साउदी

नेपाली दिदिबहिनी समूह साउदीले सांस्कृतिक कार्यक्रम गरी ‘तीज रंगीन उत्सव–२०७६’ मनाएको छ । शुक्रबार खोबारस्थित गल्फ दरबार रेस्टुरेन्टका सभाहलमा मनाएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासकी द्वितीय सचिव तारा गौतमले महिलाहरुलाई एकै ठाउँमा उपस्थित गराई तीजको आयोजना गरेकोमा समूहलाई धन्यवाद दिइन् । सचिव गौतमले समूहसँगको सहकार्यमा साउदीमा कार्यरत महिला श्रमिकहरुका समस्यालाई नजिकबाट बुझ्न पाएको बताइन् । दूतावास आगामी दिनमा समेत समूहसँग समन्वय गरि श्रमिकको समस्याको पहिचान गरि नेपाल सरकार समक्ष पेश गर्ने छौँ, गौतमले भनिन् ।

समारोहमा एनआरएन गल्फ महिला उपसंयोजक यास्मिन बेगम, समूहकी सल्लाहकार सम्झना श्रेष्ठ, राममाया तामाङ लगायतले शुभकामना मन्तव्य राखेकी थिइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य श्री यावा लिम्बू, आइसीसी सदस्य, वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कामदार कल्याण समितिका मध्यपूर्व सह-संयोजक जोन अर्याल, एनआरएन साउदीका संस्थापक तथा सामिजक अभियान्ता बिरेन्द्र कुमार चौधरी, एनआरएन खोबारका उपाध्यक्ष बृखराम तामाङ, आदिवासी जनजाति महासंघका सल्लाहकार ओम घले, अन्तर सस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, तमु धि का अध्यक्ष खेम तमु, किरात राई यायोक्खाका अध्यक्ष चित्र कुमार चाम्लिङ राई, नेपाल मगर संघका अध्यक्ष बम थापा मगर, नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समितिका अध्यक्ष बिजय लामा, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ उपस्थित रहेका थिए ।

त्यसैगरी एकीकृत राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष अर्जुन विश्वकर्मा, लिला फङ घले समाजका केन्द्रिय सदस्य मान सामारी घले, जिफन्ट सहयोग समूहका बरिस्ठ उपाध्यक्ष जित कुमार राई, स्याङ्जा सहयोग समाजका महासचिब टीका केसी, नेपाली प्रबासी युवा समुहका अध्यक्ष समीर राई, नेपाल साझा मञ्च खोबारकी संयोजक भगवती दाहाल, प्रबासी नेपाली सहयोग युवा मञ्चका कोषाध्यक्ष सन्तोष फुयाल, अन्तर्रा्ष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधि चक्र पुन मगर, सामाजिक अभियान्ता अञ्जनीकुमार अधिकारी, पदम महत, व्यवसायी राजेश लिम्बु लगायत उपस्थिति रहेका थिए ।

कार्यक्रममा स्थानीय गायिका लक्ष्मी तामाङ, गायक अमृत गुरुङ,समीर राई, सागर घर्ती मगर, रमेश बुढा मगर, ईस्लाम मिया, प्रेम डिसी र फडेन्द्र कार्की र नृत्य तर्फ भिमकला विश्वकर्मा, मन्जु परियार, पुतली तामाङ, कमली तामाङ, अस्मिता तामाङ, मुना तामाङ, अनिल बुढा, टेकम घर्ती मगर,बिन्दु गुरुङले बेजोड प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई किरांँत राई यायोक्ख, नेपाल मगर संघ, तमुधि, अन्तर्रा्ष्ट्रिय रोल्पाली सहयोग समाज, जिफण्ट लगायत सामाजिक अभियान्तहरुले साउदीमा समेत महिलाहरु सक्रिय भएका भन्दै आर्थिक सहयोग गरेका थिए ।

समारोहमा झण्डै ३ सयको हाराहारीमा उपस्तिथि रहेका थिए । कार्यक्रममा समूहको उपमहासचिव मन्जु परियारले स्वागत मन्तव्य राखेकी थिइन् । उपाध्यक्ष दिलु कुमारी राई सभापति रहेकी कार्यक्रम महासचिव धनकुमारी पुन मगरले सञ्चालन गरेकी थिइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया