इंग्लिस प्रिमियर लिगमा सिटीको सहज जित

सैलुङअनलाइन संवाददाता
बेलायत

फिल फोडेनको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमण टोली सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फोडेनको दुईसहित इल्के गुन्डोगान र रियाद महरेजले एक/एक गोल थपे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । जितसँगै सिटीले ९ खेलबाट २० अंक जोड्दै  दोस्रो स्थानमा रहेको छ । ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

गएरातिको खेलमा ब्राइटनले एभर्टनलाई ५-२ ले हराउँदा क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेड तथा लिड्स युनाइटेड र उल्भ्सले १-१ गोलको बराबरी खेले । यस्तै साउथह्याम्पटन र बर्नलीले २-२ गोलको बराबरी खेले ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका