विपीको विचारलाई आत्मसम्मान गर्नुपर्छ : नेता गुरुङ

श्याम योञ्जन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई सही दिशामा अगाडि बढाउन विपीको विचारलाई आत्मसम्मान गर्दै जानुपर्ने बताए ।

शनिबार साहित्य सदन रामहिटी, काठमाडौंमा विपी विचार राष्ट्रिय समाज सुनापति गाउँपालिका–२ दिमीपोखरी र वडा नं. ४ बेथान, रामेछापले आयोजित कार्यक्रममा नेता गुरुङले तत्कालीन समयमा मित्रताको हैसियतले विपीले सुवर्णशमसेर जवरालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । त्यसरी नै हामी युवाहरु मिलेर अघि बढेमा पार्टी समृद्वि हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद डा. रणबहादुर रावलले सरकार संचालन गरेकाहरुको व्यवहारले संघीयता नै खराब होकि भन्ने बनाएको बताए ।

यसैगरी समाजले कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवबहादुर खड्कालाई दोसल्लाले ओढाएर अभिनन्दन गरेका थिए । समाजले जिल्लामा आमन्त्रित ३ दर्जन सदस्यहरु बधाई दिएका थिए ।

कार्यक्रममा बिपि बिचार राष्ट्रिय समाज रामेछापको अध्यक्ष झनक श्रेष्ठ, कांग्रेसका जिल्ला सभापति लबश्री न्यौपाने, बि पी बिचार राष्ट्रिय समाज सुनापति गाउँपालिका संयोजक तथा आमान्त्रित जिल्ला सदस्य नबिन लामालगायतले पार्टीलाई बलियो र मजबुद बनाउन टोलदेखि नै केन्द्रसम्म सक्रिय हुनुपर्ने बताउँदै सरकारले गरेको विभिन्न कार्यप्रति असन्तुष्ट जनाएका थिए ।

कार्यक्रमका सभापति आराम लामाले पार्टीभित्र गुट र उपगुटले गर्दा कांग्रेस दह्रिलो बन्न नसकेको बताए ।कार्यक्रम बिक्रम घिसिङले संचालन गरेका हुन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया