नासाको युवा नीति सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA Nepal) ले आफ्नो युवा तथा महिला सम्बन्धी रणनीति सार्वजनिक गरेको छ ।

नेपालमा विगत १२ वर्ष देखि मोटर/मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कार्यरत यस सङ्घले लामो छलफल र अध्ययन पश्चात् यस रणनीति सार्वजनिक गरेको हो । एफाईएको युवा नीतिलाई आधार मानेर तयार गरिएको नासा नेपालको युवा नीतिमा मुलत :

  •  युवा क्लब तथा ग्रुप निर्माण गर्ने
  •  कार्यक्रमहरुमा २० प्रतिशत युवा को ग्यारेन्टी
  • युवा का एजेन्डालाई योजना र कार्यक्रममा समावेस गर्ने, उमेर समुहमा आधारित कार्यक्रम संचालन गर्ने
  • संगठनका कमिटीमा युवाको सक्रिय सहभागिता
  •  स्कुल र कलेज आधारित कार्यक्रमहरू, सीप सम्बन्धी तालिम र शिक्षा, बालिका र विशेष क्षेत्र आधारित कार्य योजना

नेपालकै खेल सङ्घ र अटोमोवाइल्स सङ्घसंस्था मध्ये नासा नेपाल सम्भवतः युवा नीति सार्वजनिक गरेमा पहिलो हुनुपर्छ । नीति सँगै सङ्घले ५ सदस्यीय युवा टिम समेत तयार गरेको छ । खेलकुद देखि पर्यटनसम्म सडक सुरक्षा देखि मोटरसाइक्लिस्टको रक्षा समेतमा क्रियाशील नासा नेपाल को यस कार्यले युवालाई नेतृत्व तहमा स्थापित गर्ने कार्यमा मद्दत पुग्ने देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका