गोल्चे मिडिया प्रा.लि.ले शुक्रबार गोकर्ण पार्कमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जे लामाले गोल्चेसंचार सूचना प्रचारप्रसार गर्ने संचारमाध्यम भएकोले शसक्त भूमिका हुनेछ विश्वास लिएको बताए ।
कार्यक्रममा तामाङ कथानक चलचित्र ‘म्युङ पुजु’ को टिमले प्रस्तुति दिएका थिए ।
कुशे औंशीको अवसरमा आयोजित कार्यक्रममा कलाकारहरु प्रेम लोप्चन, ईन्दिरा गोले, गायक सन्जिब वाईबा, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, सुनिता लुङ्बाले प्रस्तुति दिएका थिए । यसैगरी जोगलाल लामा, जीवन बोम्जन, जितु लोप्चन, लोकेन लामा, प्रकाश तामाङ, योगेश लामा, रेश्मा बोम्जन, आस्मान लोप्चन, रोस्ना लुङ्बा, वर्षा थिङ, पुसन लामा र अनुस्का दोङको प्रस्तुति दर्शकलाई नचाएका थिए ।
सिन्धुपाल्चोक लिस्तिका दृष्टिबिहिन टुङ्नाबाधक वीरबहादुर बिकले टुङ्नाबाट सेलो गीत प्रस्तुत गरेका थिए । साथै आयोजकले स्पिकर एक थान प्रदान गरेका थिए ।
यसैगरी कार्यक्रममा सांगीतिक प्रस्तुति कलाकारलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
यसैगरी युवा समाजसेवी राजेन्द्र लामा (दोर्जे), पुर्वसशस्त्र पदमबहादुर तामाङ, जिग्मे मिडियाका संचालक सुर्य लामालाइ सम्मान गरेका थिए । स्थापनाकालदेखि मिडियालाई सहयोग गरेबापत उनीहरुलाई सम्मान गरेको गोल्चेका संचालक एवं सम्पादक प्रितम तामाङले बताए ।
‘परिवर्तन, बिकास र संचारको सम्वाहक गोल्चेसन्चार’ भन्ने नाराकासाथ अनलाइन न्युज पोर्टल चलाइरहेको संचालक तामाङले जानकारी दिए ।