एनआरएन साउदीद्वारा तीज कार्यक्रम सम्पन्न

शुक्र मोक्तान संवाददाता
0 Shares

एनआरएनए साउदी अरबले तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दम्मामस्थित अलखयाम रेष्टुरेण्टमा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासकी द्वितीय सचिव तारा गौतमले महिलाहरुको चाडलाई विशेष महत्त्व दिएकोमा एनआरएन साउदीलाई धन्यवाद दिइन् । गौतमले साउदीमा पहिलोपटक तीज मनाए पनि वर्षौंदेखिसँगै मनाएझै लागेको बताइन् । साउदी यसपटक तीजमय भएको पाए निमन्त्रणाहरुलाई स्वीकारी दूतावासले नेपाली समुदायलाई उर्जा थपिरहेको छ, गौतमले भनिन्,´।

समारोहमा एनआरएन साउदीकी महिला उपाध्यक्ष उषा केसी, दिदीबहिनी समूहकी सल्लाहकार सम्झना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आइसीसी सदस्य, वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कामदार कल्याण समितिका मध्यपूर्व सह-संयोजक जोन अर्याल, आईसीसी सदस्य धरम केसी, एनआरएन साउदीका संरक्षक मण्डलका ओम घले, अध्यक्ष नारायण पासवान, संस्थापक सदस्य सनिता श्रेष्ठ, विरेन्द्र चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्रीलिम्बु, समाजका सचिव रोशन एन श्रेष्ठ, स्याङ्जा सहयोग समाजका महासचिव टीका केसी, किराँत राई यायोक्खाका कार्यबाहक अध्यक्ष सिके चाम्लिङ, तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समितिका महासचिव नवराज तामाङ, सामाजिक अभियान्त अञ्जनीकुमार अधिकारी, व्यवसायी कुमार हुमागाई, राजेश लिम्बु लगायत उपस्थितिरहेका थिए ।

समारोहमा बाल कलाकारहरू दिक्षा थापा, तपस्या अधिकारी, दिव्य थापा र आईशा अर्यालले सामुहिक नृत्यसँगै भट्किलो बन्दै गरेको तीजलाई व्यंग्य गर्दै नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साउदीमा पहिलोपटक तीज मनाउँदै गरेकी दूतावासकी सचिव गौतमलाई सभापति र उपाध्यक्ष उषा केसीले दोसल्ला ओडाई स्वागत गरेका थिए ।

गल्फ महिला उपसंयोजक यास्मिन वेगम सभापतिरहेकी कार्यक्रम एनआरएन साउदी महिला संयोजक रविना अर्यालले सञ्चालन गरेकी थिइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया