नयाँ सोचले नयाँ पार्टीमा प्रवेश गरेको हुँ : मनवीर विक

सरस्वती न्याैपाने संवाददाता
रसुवा

नेकपा समाजवाद पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय दलित समाजका अध्यक्ष हुन्‚ मनवीर विक । समाज परिवर्तनका लागि र आफ्नो हकहितका लागि लड्ने उनको महत्त्वपूर्ण योगदान रहेको छ । रसुवा जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर ४ कर्मिडाँडाका विकको राजनीतिक यात्रा २०४३ सालदेखि सुरु भएका हुन् । त्यतिवेला उनी लहरेपाैवा गाउँ पञ्चायत वडा नम्बर ४ को सदस्य भएका थिए ।

तपाईँ  नेकपा समाजवादमा  प्रवेश गर्नुभयो‚ अगाडी बढ्ने कस्तो सोच छ ? हाम्रो यस प्रश्नमा उनले  एकदमै नयाँ पार्टीमा नयाँ सोचले अगाडी बढेको बताए । ‘उमेरले पाँच दशक काट्दै गर्दा समाज परिवर्तनमा यस पार्टीले ऊर्जा थपिएको अनुभूति भएको छ’‚ उनले भने ।

उनी भन्छन्‚ ‘पुराना पार्टीमा पुरानै सोचले समृद्ध नेपाल सफल गर्न सक्दैन‚ त्यसैले नयाँ पार्टीमा नयाँ सोच विचारसहित चयन भएको हो ।’ दलित समुदायको भएर समुदायको मुद्दा र हकहितका लागि लड्दै र सेवाको भावना लिएर राजनीतिक सुरु भएको उनी बताउँछन् ।

‘दलितको मुद्दालाई राष्ट्रियस्तरमा उठाएको छु’‚ विक भन्छन्‚ ‘शिक्षा, स्वास्थ्य, रोजगारीलाई  प्राथमिकता दिएको छु ।’

दलित समुदायको राजनीतिक क्षेत्रमा न्यून सहभागी छ । देश सङ्घीयतामा गएपछि हाम्रो समुदायले प्रवेश पाएसँगै यसको प्रतिनिधित्व गरेर आवाज उठाउने विकको अठोट छ ।

यस पार्टीको विधि विधानलाई मध्यनजर गरी राम्रो काम गर्दै जाने उनको योजना छ । राम्रो कामको नतिजा ढिलै आउँछ‚ आफूले गरेका कामले केही न केही छाप छोडेको हुन्छ । सोच विचार र व्यवहारमा परिवर्तन गरेर छोड्छु‚ उनले थपे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका