सन्ध्याको ‘म त पहाडकी छोरी’ मा यस्तो छ फिचरिङ (भिडियो)

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

सञ्चारकर्मी एवं कलाकार सन्ध्या सुस्केरा अभिनीत तामाङ सेलो ‘म त पहाडकी छोरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमार्फत दर्शकमाझ आएको गीतमा गायिका शशिकला मोक्तानको स्वर रहेको छ ।

 

गीतमा अमृत लामाको शब्द र सङ्गीत र जोगलाल लामाको एरेन्जर रहेका छन् ।

कुमार योञ्जनको निर्देशनमा तयार पारिएको भिडियोमा सुस्केरासहित जगत ग्लान र मनिष लामाले अभिनय गरेका छन् ।

त्यस्तै भिडियो छायाङ्कन सन्चु थोकरले गरेका हुन् भने सम्पादन त्रिलोक लामाले गरेका छन् ।

‘तनले होइन मनले राम्री म पहाडकी छोरी’गीतको यो हरफमा सुस्केराले प्रेमिकाका लागि तनभन्दा मनको धनी हुनु अनि मात्र माया पिरतीमा मन साट्न सकिने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया