आज पनि ७८ अङ्कले उकालो लाग्यो नेप्से

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

मङ्गलवार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार ७ सय ५१ दशमलव ७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अङ्कले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको थियो ।

मङ्गलवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैङ्कको भएको छ । यो बैङ्कको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मङ्गलवार होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ । आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया