एनआरएनए राष्ट्रिय समितिको भेलामा पत्रकारलाई ठेगान लगाइदिने चेतावनी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
अमेरिका

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डर धम्की दिएका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरूलाई ठेगान लगाइदिने धम्की दिएका हुन् ।

 

एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरू सहभागी भएको बन्दसत्रमा गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले सङ्घको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारलाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

गैरआवासीय नेपाली सङ्घ क्यानाडाका अध्यक्ष दीपक गौतमले पत्रकारहरूले सङ्घको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोश पोखेका थिए । पछिल्लो समयमा पञ्जीकृत सदस्यहरूको शुल्क नतिरेको र नेपाल बाढी पहिरोले आक्रान्त भएको बेला अध्यक्षहरू विधान विपरीत भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरू आफ्नो कमजोरी ढाकछोप गर्न आक्रामक भएका हुन् ।

भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइँटेल र चिरन शर्मालाई जरोसमेत उखालेर फाल्ने धम्की दिँदै सार्वजनिक बेइज्जतीसमेत गरेका छन् ।

लुइँटेल नेपाल पत्रकार महासङ्घ बेलायतका सल्लाहकार र शर्मा महासङ्घ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । पत्रकार सम्मेलनमा लुइँटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधान विपरीत भेला आयोजना गर्न हुन्छ र रु भन्नेलगायतका प्रश्न गरेका थिए । शर्माले पनि केन्द्रीय समिति नै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ रु भन्ने प्रश्न सोधेपछि मगर आक्रोशित भएर धाक धम्की दिएका हुन् ।

गाहा मगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममै गाली बेइज्जती सुरु गरेका थिए । उनले पत्रकार सम्मेलनमा शर्मालाई आउन दिनै नहुने तर्क गरेका थिए । गाहा मगर बेलायतकै अर्का पत्रकार लुइँटेलमाथि खनिए ।

तपाईको प्रतिक्रिया