माछापुच्छ्रे कृति क्यापिटलको १३.४ प्रतिशत लाभांश पारित

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयर धनीको रूपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् ।

संस्थाको पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्ध पत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनको प्रस्तावहरू पनि साधारण सभाबाट पारित भएको छ ।

तपाईको प्रतिक्रिया