कुमारी मोक्तान बागमती प्रदेशको मन्त्री बन्दै

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

बागमती प्रदेश सांसद कुमारी मोक्तान बागमती प्रदेशको मन्त्री बन्ने पक्का भएको छ । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री बनेसँगै उनको नाम सिफारिसमा भएको बताइएको छ ।

मुख्यमन्त्रीमा दाबी गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेसहित चार मन्त्रीको शपथ लिने तयारीमा छ ।

यसै गरी मन्त्रीमा एकीकृत समाजवादीकै कृष्ण खनाल र नेपाली काँग्रेसका कृष्णलाल भँडेल पनि मन्त्री बन्ने भएका छन् ।

मोक्तान २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्त्रगतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९क० मा वाम गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी थिइन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा सङ्घीय सरकार गठनमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस बुझाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका