शनिबार नर्भिकले स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

सैलुङअनलाइन संवाददाता
काठमाडौं

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ ।

आगामी शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा.वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ ।

पछिल्लो समय नेपाली महिलाहरूमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरूले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा.गिरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । यो सेवाअन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका