निरु विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

सैलुङअनलाइन संवाददाता
कालिकोट

कालिकोटको खाँडाचक्र नगरपालिका-६ की १४ वर्षीया निरु विकको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै जिल्लामा बिहीबार विरोध  प्रदर्शन गरिएको छ ।

बलात्कारपछि हत्या गरेर मकैबारीमा फालेको दुई महिना बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा  नसकेको भन्दै प्रदर्शन गरिएको हो । दलित महिला संघकी केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिलामाथि भएको घटनालाई राज्यले बेवास्ता गरेको आरोप लगाइएकी छन् । उनले दलितका सवालमा अहिले पनि राज्यले विभेदको दृष्टिले हेर्ने गरेको बताइन् ।

निरु विकलाई न्याय दे, हत्यारालाई कारबाही गर, मानवअधिकारको संरक्षण गरलगाएतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरी प्रतिमा चोकमा कोणसभा गरेका थिए । जुलुसमा दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका