फेसबुकले गर्‍यो नाम परिवर्तन

एजेन्सी एजेन्सी
न्युयोर्क

फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानकारी दिए । मेटार्भसमा जोड दिने उद्देश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन,’ बिहीबार कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रूपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबै कुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिऊँ,’ उनले भने ।

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरूले छलफल गर्ने भर्चुअल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पोरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

कम्पनीले आफ्नो टिकर सङ्केत एमभीआरएसमा व्यापार गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका