मध्य भोटेकोसीको आइपिओ बाँडफाँट‚ ८ लाखले पाए १० कित्ता

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौँ

मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपिओ शुक्रवार बाँडफाँट भएको छ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको शेयरमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर पाएका छन् ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले आइपिओ भरेका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन्।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटाइएको थियो।

बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका