त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम सुरु भएकोले आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

आइतबार रातिबाट विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम सुरु भएकोले दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिकिो लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका