बागमती गाउँपालिका– ४ प्युटारका बागमती महिला विकास समिति र जोशीलो महिला सहकारी संस्थाले ‘महिला अधिकार विषयक छलफल र तीजको दर खाने’ कार्यक्रम शनिबार आयोजना गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले पालिकाले बजेट छुट्याएर महिलालाई हौसला प्रदान र सक्रिय हुन सहयोग गरेको बताए ।
कार्यक्रममा महिलाहरुलाई उत्प्रेरण जगाउन हाँडी फुटाउने प्रतियोगिता गराउँदै उक्त खेलमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेको थियोे ।
यसैगरी वडा नं. ४ का जोशीलो महिला सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रम संस्थाको अध्यक्ष ममदेवि बजगाँईको सभापति सम्पन्न भएको हो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1