शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

सर्भर डाउन भएर शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु भएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकारहरुको खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएको छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् ।

धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका