मिस तिज सारी क्विन बिजेता बनिन् संगीता

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
इटहरी

हिन्दु नारीहरुले मनाउने तिजको अवसरमा ‘मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्ट’ ईटहरीमा सम्पन्न भएको छ । शनिवार भएको सम्पन्न फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल बनेकी छन् । यस्तै फष्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भएकी छन ।

बिजेता र उपबिजेताहरुलाई क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार पुरस्कार प्रदान गरेका छन् । यसैगरी कुमारी बैंकको तर्फबाट १०÷१० हजार बराबरको सारी र ईलाईट सिनेमा ईटहरीको तर्फबाट फिल्म टिकट सहित अवार्ड प्रदान गरेका छन् ।

डिथ्रीअनलाइनले आयोजना गरेको फरक कन्सेप्टको फोटो कन्टेस्टमा अडिसनबाट छनौट हुँदै ८ जना प्रतिष्पर्धीबाट अन्तिम छनौट गरेको हो ।

प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरेका थिए । अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन् ।

आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज र युट्युबमा सार्बजनिक गरेको थियो । सोही पोस्टको लाईक शेयर र भिडियो भ्युजको आधारमा पहिलो, दोश्रो र तेश्रो छनौट गरिएको डिथ्रीका संचालक सुवास संकल्पले बताए ।

ईटहरी र फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यसलाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरेको आयोजकले बताए ।

सहभागी सम्पुर्णलाई अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले पढाईको लागि अष्ट्रेलिया जाँदा १ लाख सम्मको छुटसंगै फुल स्कलरसिपको सुबिधा दिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका