साउदीको ताईफमा पहिलोपटक बृहत कार्यक्रम हुँदै

532 Shares
ताईफ, साउदी
तस्बिर: फाइल

साउदी अरबको पश्चिम क्षेत्रस्थित ताइफ शहरमा पहिलो पटक बृहत कार्यक्रम हुने भएको छ । नवगठित सगरमाथा नेपाली सेवा समाज ताईफको आयोजनामा हुन गैरहेको कार्यक्रमको तयारी तीब्र भैरहेको आयोजक संस्थाका अध्यक्ष मकर राईले जानकारी दिए ।

साउदीको दोश्रो ठुलो जेद्दा शहरबाट करीब तीन घन्टाको यात्रा पछि पुग्न सकिने ताईफमा यो किसिमको बृहत कार्यक्रम पहिलोपटक आयोजना हुन गैरहेकोले साउदीभर छरिएर रहेका नेपालीहरु लगायत विभिन्न संघ संस्थाहरुले यो कार्यक्रमलाई निकै चासोका साथ हेरिरहेका छन् । साथै ब्यक्तिगत लगायत संस्थागत रुपमा समेत कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग आउने क्रम जारी रहेको आयोजक संस्थाले जनाएका छन् ।

स्थापनाको पहिलो बर्षमै आयोजना हुन गइरहेको बृहत कार्यक्रम विशेषत संस्थाका नबनिर्वाचित पदाधिकारीहरुको परिचयत्मक, सम्मान एवं दिपावालीको अवसर पारेर गर्न लागिएको संस्थाका सचिब सुरेन राईले सैलुङ आनलाइनलाई जानकारी दिए । उनका अनुसार कार्यक्रम यही आउदो ५ नोभेम्बर शुक्रवार १० बजेबाट हुनेछ ।

कार्यक्रममा साउदीका लागि नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्यदूत, अग्रज बुद्धिजीवी एवं पश्चिम क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका पदाधिकारीहरु, समाजसेवी लगायतलाई निमन्त्रणा गरिसकेको सचिव राईले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका