पाँच चिनियाँ ह्याकर पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

शनिबार विभिन्न बैंकको एटीएम ह्याक गरी पैसा निकालेका पाँच चिनियाँ नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो ।

यसैगरी उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ९१ , युरो २ सय ५०, कम्वोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका