चाडपर्वलाई मध्येनजर गरी आईएमईले ‘डबलको डबलको डबल’ योजना आइतबार सार्वजनिक गरेको छ । काठमाडौमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको अफर भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुनेछ ।
हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने भाग्यशाली सेवाग्राहीहरुलाई आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना ग्राहकलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै ल्याएको योजनामा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउदै यस वर्षको अफरमा पनि उतिकै सेवाग्राही हुने विश्वास लिएका छु, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भने ।
आईएमईका ब्राण्ड एम्बेस्डर दीपकराज गिरीले आईएमई र आईएमईका सेवाग्राहीबीचको प्रगाढ सम्बन्धले नै आईएमईलाई एक सफल व्यवसायिक ब्राण्ड बनाएको उल्लेख गरे ।
योजनाको अध्यावधिक जानकारी कम्पनीको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।
विजेता छनौटका प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्ने कम्पनीले जनाएको छ । सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।