छ माया छपक्कैको पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

दीपेन्द्र लामाद्धारा निर्देशित चलचित्र छ माया छपक्कैको पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक भएको छ ।

देशभर असोज २४ मा रिलिज गर्ने मिति तय भएको चलचित्रको यो गीत शुक्रबार सार्वजनिक गरेको हो । गीत सार्वजनिक भएसँगै दर्शकको माया पाउन थालेका छन् ।

लोक लयमा आधारित गीतको गायक एवं संगीतकार बसन्त थापाले संगीत भरेको छ भने शब्द राजेन्द्र थापाको रहेको छ ।

बसन्त र मिना निरौलाको स्वर रहेको गीतको भिडियोमा दीपकराज गिरी र केकी अधिकारीबीचको प्रेम सम्बन्ध स्थापित गर्न खोजिएको छ ।
आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी, कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् ।

फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । चलचित्रमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको सम्वाद छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपाश्री निरौलाको सल्लाहकार निर्देशन छ । जसमा हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको छ ।

सिन्धुलीको सितलपाटी क्षेत्रमा रोपाईको भव्य दृष्यसँगै त्यहाँका सुन्दरता र संस्कृतिलाई यो गीति दृष्यमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका