नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार (आज) अपरान्ह ३ बजे शपथ ग्रहण भएको प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले जानकारी दिए ।
६ सदस्यीय मन्त्रिपरिषद् गठन
नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदै छ ।
थप यो पनि
राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी
मुख्यमन्त्री नबन्दै केक काटेर राईले मनाए बियर उत्सव