नुवाकोटको तादी गाउँपालिकास्थित सिमले सत्तारमा भदौ १४ गते शनिबार रातीको लगातार वर्षाका कारण बाढी पहिरोले दुई वटा घरमा क्षति पुर्याएको छ । कोष्टगाड बजारको बस्ती जोखिममा रहेका छन् भने त्यस क्षेत्रको मोटरबाटो समेत अवरुद्ध छ ।
सो क्षतिलाई मध्येनजर गरी नेपाली कांग्रेस नुवाकोटले सरकारसँग क्षतिपूर्ति दिन माग गरेको छ । कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीद्धारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ, ‘बाढीको प्रभावले तादी गाउँपालिका वडा.न.२ र ३ मा बिशेष क्षति पुर्याएको छ । कोसगाडे बजारका बस्तीलाई समेत गम्भीर असर पार्नुको साथै दुईवटा घर पूर्णरुपमा क्षति हुनुको साथ दर्जनौं पशु चौपायको खहरेले बगाएको छ ।सो घटनामा भएको सम्पुर्ण क्षतिको मुल्यांकन गरी पीडितलाई आबश्यक क्षतिपुर्ती दिन नेपाली कांग्रेस नुवाकोट सरकारसँग माग गर्दछ ।’
गाउँपालिकाको वडा नम्बर ३ कोष्टगाडेको खहरेखोलामा आएको बाढीका कारण ६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले जानकारी दिए ।
बाढीका कारण श्यामबहादुर थापा,सोमनाथ सापकोटाको घर उच्च जोखिममा रहेको बताइएको छ । यस्तै बाढीले हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती, शिब दाहाल, कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित,कृष्ण प्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापाको खेत बगाएको अध्यक्ष पाण्डेले बताए ।