हिन्दूहरुको महान चाड तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिएका छन् ।
राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् ।
सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1