महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज : प्रधानमन्त्री ओली

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू नारीहरुको चाड तीजको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको बताएका छन् ।

प्रधानमन्त्रीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ- ‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ ।’

महिलाको प्रतिनिधित्व संसाद ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य राख्दै प्रधानमन्त्री ओलीले यसमा प्रत्येक नेपालीलाई गौरवको अनुभूति हुने बताएका छन् । नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्री अोली उपचाररत सिंगापुरबाटै तीजको शुभकामना दिएका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया