काठमाडौँ भृकुटीमण्डपमा चलेको नाडा अटो शो २०१९ आइतबार सम्पन्न भएको छ ।
भदौ १० देखि १५ गतेसम्म चलेको अटो शोमा मा ८५ हजारले अवलोकन गरेका छन् । अनुमानित ५०० करोडको कारोबार भएको छ । आयोजकका अनुसार शोबाट ५०० कार बुक भएको छ ।
मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कारले पनि अवलोकनकर्तालाई तानेको आयोजकको भनाई थियो ।
मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण भब्य भएको पनि नाडाले जनाएको छ ।