तामाङ पत्रकार सङ्घ नुवाकोटको अध्यक्षमा होम तामाङ

सैलुङअनलाइन संवाददाता
नुवाकोट

तामाङ पत्रकार सङ्घ नुवाकोटको दोस्रो अधिवेशनले अध्यक्षमा होमबहादुर तामाङ चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

समितिको उपाध्यक्ष भरतसन्तोशी लामा, सचिव भगवती लामा, सहसचिव प्रताप तामाङ र कोषाध्यक्षमा करण तामाङ चयन भएको छ ।

यस्तै सदस्यहरूमा प्रकृति लामा, रिदिमा तामाङ, डिलबहादुर लामा र सुनिता तामाङ चयन भएको छ ।

यसैगरी केन्द्रीय प्रतिनिधिमा शक्तिमाया तामाङ र गमला लामा छनौट गरिएको छ ।

तपाईको प्रतिक्रिया