प्राचीन अनुवाद एकमात्री गुरु संघ, नेपालको नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बौद्ध कल्याण गुठी फुलबारी, काठमाडौंमा पहिलो अधिवेशन र दोस्रो साधारणसभामा राजनकुमार थोकर निर्वाचित भएको हो ।
उनको अध्यक्षतामा १३ सदस्यीय गठन गरेको हो । समितिको उपध्यक्षमा खेलबहादुर लामा, महासचिव रोजबहादुर तामाङ (च्याङ्वा), सचिव सन्जली घिसिङ, कोषध्यक्ष राजु लामा निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यमा जितलाल तामाङ, देवेन्द्रकुमार लामा, चेङा शेर्पा, शर्मीला तामाङ, लवाङडोल्मो लामा, फूलमाया लामा, रोजीना योञ्जन र पर्वती तामाङ रहेका छन् ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) चुडादेवसिंह लामाको नेतृत्वमा निर्वाचन अधिकृत धावावाङ्गेल मोक्तान र मदन लामा रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा टुल्कु लोसाङ नम्ग्याल रेन्पोछेले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिदै संस्थालाई शसक्त बनाउन सबैको जिम्मेवार रहेको बताए ।
यसैगरी वरिष्ठ समाजसेवी जयमंगल लामा, बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, बौद्ध तामाङ कल्यण गुठीका अध्यक्ष खड्कजीत लामा, बौद्ध सामुदायीक सेवा समितिका अध्यक्ष विर बहादुर वाईवा, वरिष्ठ समाजसेवी धर्मकाजी लामा वरिष्ठ समाजसेवी रत्नवज्र लामालगायतले शुभकामना दिएका थिए ।
धर्मगुरु कर्मसिद्वि लामा, श्रद्धेय धर्मगुरु आचार्य सर्वजीत गोङ्वा, समाजसेवी लाक्पा ठिन्ले शोर्पा, थाङ्का व्यवासायी विनोद योञ्जन लामा लगायले पनि शुभकामना दिदै आगामी कार्ययोजना शसक्त गरी संस्थालाई अगाडि बढाउन यो समितिले भूमिका खेल्नुपर्ने बताएका छन् ।
बन्दसत्रमा संस्थाको प्रगति विवरण महासचिव खेलबहादुर लामाले प्रस्तुत गरेका थिए । आर्थिक विवरण कोषध्यक्ष पेण्ढो शेर्पाले प्रकाश पारेका थिए । नयाँ निर्वाचित कार्यसमितिहरुलाइ प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) लामाले सपथ खुवाएका थिए ।