नेपाली मजदुर एकता केन्द्र मलेसियाले ब्लड क्यान्सर नवाङ तामाङलाई आर्थिक सहयोग गरेको छ । संकलित आर्थिक ८ हजार १ सय रुपैयाँ ब्लड क्यान्सर ग्रसित १५ वर्षीय तामाङका उपचारार्थ मलेसियामा रहेका बिरामीका काका विजय तामाङलाई आइतबार हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष तेजबहादुर कार्कीले जानकारी दिए ।
सात महिनादेखि पाटन अस्पतालको बेडमा मृत्युसँग लडिरहेको नवाङको घर काभ्रेको महाभारत गाउँपालिका-१, हुन् । हाल नवाङ परिवारसँग ललितपुरको इमाडोल कृष्ण मन्दिरस्थित बस्दै आएका छन् । केही वर्षअघि नवाङको आमा सडक दुर्घटनामा परि मृत्यु भई पीडाबाट गुज्रिरहेको परिवारमा अर्को बज्रापात थपिएका हुन् ।
ड्राइभरी गरेर जीविकोपार्जन गरिरहेका बिरामीका बुबा ज्ञान सुनाउछन्, ढाड, जोर्नी र नसामा जरो आएको समस्या लिएर पाटन अस्पताल पुगेका थियो । चेकजाँचपछि डाक्टर सापले नवाङलाई ब्लड क्यान्सर भएको रिपोर्ट आएको सुनाए, त्यस बखत म छाँगबाट खसे जस्तै भयो, पुनः डाक्टरलाई राम्रोसँग चेकजाँच गर्नुस् मेरो छोरालाई प्राण घातक रोग लागेका हुनै सक्दैन । तर विडम्बना दैवको लीला भनौं वा भाग्यले ठगेका छोरालाई क्यान्सरले भित्रभित्रै खोक्रो बनाइसकेछ, योभन्दा एउटा बुबाको लागि अप्रिय के सुन सक्छ र बिरामीका बुबाले भने,´।
बिरामी नवाङका बुबाले सहयोगी मनका धनीहरुलाई धन्यवाद दिदै देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरु, समाजसेवी, व्यक्ति लगायतलाई आर्थिक सहयोग गरी छोरालाई जीवनदान दिन अनुरोध गरे ।
आमाको मृत्यु वर्णनबाट पीडा खेपिरहेका बिरामी नवाङ १० कक्षामा अध्ययनरत थिए । मलेसियामा बिरामीका काका विजय तामाङको संयोजकत्वमा ` नवाङ तामाङ बचाउ अभियान´ समिति गठन गरी आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
संयोजक विजयका अनुसार बिरामीका परिवार आर्थिक रूपमा कमजोर रहेका छन् । ड्राइभरी गरेर गुजारा चलाइरहेका बिरामीका बुबासमेत अस्पतालमा हेरचाह गर्नुपर्ने भएपछि परिवारमा थप पीडा सृजना भएको छ, संयोजक विजयले भने।