‘कलरफूल’ नामी टापु (फोटो फिचर)

दक्षिण कोरिया

दक्षिण कोरियाको खङ्वान्दो प्रान्ताको छुन्छान–सी मा पर्ने ‘नामी टापु’ विश्वप्रसिद्ध पर्यटकीय स्थल हो । यो टापुमा कोरियाको मौसमको चारै ऋतुहरुमा रंग फेर्ने गर्दछ । झन शरद ऋतुमा (अक्टोबरको अन्त्यतिर र नोबेम्बरको सुरुवाततिर) रुखको पातहरु हरियोबाट रातो, सुन्तला, पहेंलो, सुन रंगमा बदलिएर ‘कलरफूल’ भएको छ ।

आधा चन्द्रमाको आकारमा रहेको टापुले बार्षिक ३० लाख भन्दा बढी पाहुनालाई स्वागत गर्दछ । राजधानी सौलबाट ६३ किलोमिटर टाढा रहेको सुन्दर प्राकृतिक परिवेशको संयोजन गर्ने नामी टापु संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने शान्त ठाउँ हो । अहिले विश्वभर कोरोनाको कहरले गर्दा मनोरञ्जनका कन्सर्ट खासै थिएन । यस बर्ष साँस्कृतिक नृत्य र बाजागाजा थियो । टिकटक, सेल्फी र फोटो खिच्ने मानिसहरुको भिड धेरै थियो । तस्वीरः अमिर योञ्जन ।

 

 

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका