नेप्सेमा ७९ दशमलव ७९ अङ्कको गिरावट

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मङ्गलवार ७९ दशमलव ७९ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैङ्क छ । बैङ्कको मङ्गलवार २९ करोडभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मङ्गलवार सबै समूहको सूचकमा एकदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य म‌ंगलरबाट सर्किट लेभलमा पुगेको छ ।

आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैङ्कका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका