पायो ग्रुपले ल्यायो ‘बदाम जुस’

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
भक्तपुर

पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ। कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो ।

पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ हुने कम्पनीले जनाएको छ ।

भारतको चेन्नाईको एक कम्पनीसँगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गा्निक भएको र आईएसओ सर्टिफाईड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए।

साँथै, उनले पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे । उनले भने, ‘नेपालमै केही गर्नुपर्छ भन्ने मान्यताले केही युवा मिलेर यो सुरुवात गरेका छौं । हाम्रा नेपालमा बजार पाउनेमा आशावादी छौं ।’

तपाईको प्रतिक्रिया